Comments Add Comment

प्रधानमन्त्री देउवा डडेल्धुरामा सातौं पटक निवार्चित

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक विजयी हुनु भएका छन्। त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाउँनु भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत बढी ल्याउनु भएका छन्। यस्तै ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल भने ७ हजार ५ सय ३५ पाएका छन्। खसेको जम्मा मतभन्दा ३ हजार १ सय ८७ मत बदर भएको छ। देउवा २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा यसअघि डडेलधुराबाटै विजयी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर