Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागको साताब्यापी प्रशिक्षण सम्पन्न

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४३ औं सत्र तथा महिला विभागको १ हप्ते शिक्षक प्रशिक्षण आज सम्पन्न भएको छ । नेपाल शिक्षक संगठन राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता तथा महासचिव हंश साहीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संगठन मकवानपुर जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमले अनलाइन भर्चुअल कक्षामार्फत १ हप्तासम्म शिक्षकहरुलाइ विभिन्न विषयमा प्रशिक्षित गरेको हो ।कार्यक्रमलाइ अनलाइनपत्र टिभीले सामाजिक सञ्जालमार्पत प्रत्यक्ष प्रशारण समेत गरेको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

Advertisement

संगठन जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको कार्यक्रममा संगठन राष्ट्रीय समिति कोषाध्यक्ष बिष्णु भण्डारी सचिवालय सदस्य कमला थापा शिक्षक महासंघ राष्ट्रिय समिति उपमहासचिव कमला तुलात्धर संगठन राष्ट्रीय समिति सदस्य पद्मा पौडेललिला आचार्य सुर्य बराल राष्ट्रिय परिषद सदस्य रमेश लामिछाने बागमती प्रदेश अध्यक्ष नीर बहादुर खड्का उपाध्यक्ष सुभद्रा अधिकारी सहसचिव सानुमायाँ खड्का सचिवालय सदस्य मोहन शर्मा सदस्य सीतादेवी खनाल पार्वती खनाल लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल शिक्षा विकास तथा समन्वय इकाइ प्रमूख लिलानाथ गौतम राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा प्रमूख कृष्णपंरसाद घिमिरे जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुर प्रमूख बद्री बहादुर पाठक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा मकवानपुर समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४४ औं सत्र अन्तर्गत भोलि जेष्ठ १८ गते शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था ले राष्ट्रीय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा १ हप्ते प्रशिक्षणात्मक तालिमको उद्घाटन गर्ने संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...