बिगत डेढ दसक देखी संगीतिक क्षेत्रमा रहेका बहुप्रतिभाशाली गायक बिनय कार्कीको ‘तिम्रो मेरो माया ‘ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भ्वाईस अफ नेपाल सिजन टु मा (भुमो)  गीतबाट चर्चामा आउन सफल बिनय कार्कीले लकडाउनको समयमा मानिसलाई खुशी बनाउन यो निकै रमाइलो गीत प्रस्तुत गरेका छन्।

लकडाउनको समयमा पनि निकै मर्मिक शब्द र आवाज साथमा भिडियो शुट गरेर निकै राम्रोसँग प्रस्तुत गरिएको उक्त गीतको शब्द संगीत एरेन्ज सबै उनी आँफैले गरेका हुन् ।

यो गीतमा मोडेलमा उमेश सोनम, अस्मी श्रेष्ठ र सन्दिप शाहले धेरै राम्रो अभिनय गरेका छन् भने, निर्देशक भने गौरब गिरीले गरेका हुन् ।

https://youtu.be/CbjNpJv-NPA