मायाको खोजीमा भौतारिँदै बिदेशिएको बुढेसकालको एक्लोपनलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले “बुढेसकाल लामो भो” गीत सार्वजनिक गरिएको छ। उक्त गीत अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा छायांकन गरिएको हो जसमा त्यहाँ बसोबास गर्ने स्थानीय कलाकारहरूले अभिनय गरेका छन्।

गायक अजित घिमिरेको आवाजमा रहेको गीत लेख काफ्लेको अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। गीतका शब्द प्रदिप केसी, संगीत गायक स्वयम् अजित घिमिरेकै र एरेन्ज राजु कार्कीले गरेका छन्। साथै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।

भिडियोमा महेशराम श्रेष्ठ, अप्सरा गिरि, कल्पना रिजाल, सिमा पन्थि र प्रतिभा अर्यालको अभिनय देख्न सकिन्छ। निर्देशक लेख काफ्लेले बिदेशिएको एक्लोपनको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् भने छायांकनमा निर्देश मास्केको उत्कृष्टता देखिएको छ। भिडियोमा असिस्टेन्ट छायांकन बैछवि याकामि र असिस्टेन्ट निर्देशक जीवन सापकोटा रहेका छन्।

गीतले बुढेसकालको जीवनसँग जोडिएको संवेदनशील कथालाई उजागर गर्दै दर्शकमाझ भावनात्मक स्पर्श ल्याउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू