2025-12-10 2:18 am

विजया दशमी २०८२ को टीका साइत सार्वजनिक

काठमाडौं: अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजया दशमीको टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ। समितिले विश्वभरका सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आ–आफ्नो देशको स्थानीय समयअनुसार टीकाको साइत तोकेको हो। समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले विश्वभरबाट आएको जिज्ञासालाई सम्बोधन गर्दै यो निर्णय गरेको हो।

शास्त्रीय मान्यताअनुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार नै मनाउनुपर्ने भएकाले विभिन्न देशका लागि फरक–फरक साइत निर्धारण गरिएको समितिले जनाएको छ।

नेपालमा टीकाको साइत

काठमाडौंमा विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ।

अन्य प्रमुख देशहरूमा टीकाको समय

  • भारत (दिल्ली): अक्टोबर २, ११:४९ बजे
  • अमेरिका (न्यूयोर्क): अक्टोबर १, ११:०५ बजे
  • अमेरिका (क्यालिफोर्निया): अक्टोबर १, ११:२५ बजे
  • क्यानाडा (टोरन्टो): अक्टोबर १, ११:५५ बजे
  • अष्ट्रेलिया (सिड्नी): अक्टोबर २, ११:३१ बजे
  • अष्ट्रेलिया (मेलबर्न): अक्टोबर २, ११:५३ बजे
  • जापान (टोकियो): अक्टोबर २, ११:३१ बजे
  • दक्षिण कोरिया (सियोल): अक्टोबर २, १०:५७ बजे
  • युएई (अबुधावी): अक्टोबर २, १०:५५ बजे
  • कतार (दोहा): अक्टोबर २, १०:१३ बजे
  • मलेसिया (क्वालालम्पुर): अक्टोबर २, ११:११ बजे
  • सिंगापुर: अक्टोबर २, ११:०९ बजे
  • लन्डन (बेलायत): अक्टोबर २, ०९:१७ बजे
  • पेरिस (फ्रान्स): अक्टोबर २, ०९:५७ बजे
  • ओस्लो (नर्वे): अक्टोबर २, १०:०३ बजे
  • लिस्बन (पोर्चुगल): अक्टोबर २, ०९:२३ बजे
  • इजरायल (टेल अविभ): अक्टोबर २, ११:३५ बजे
  • स्विट्जरल्याण्ड (जिनेभा): अक्टोबर २, १०:२५ बजे
  • हङकङ: अक्टोबर २, ११:४५ बजे
  • साउदी अरेबिया: अक्टोबर २, १०:५५ बजे
  • म्यानमार (याङ्गुन): अक्टोबर २, १०:२७ बजे
  • माल्टा: अक्टोबर २, १०:५५ बजे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad