काठमाडौँ — यस वर्षको दशैंको फूलपातीमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार रिलिज भएको यस ट्रेलरले दर्शकमाझ चलचित्रको कथावस्तुबारे उत्सुकता जगाएको छ।

चलचित्रका निर्देशक दीपेन्द्र के खनाल हुन्। ट्रेलरमा कमेडीसँगै समसामयिक राजनीतिक विषयवस्तुलाई पनि आकर्षक ढंगले प्रस्तुत गरिएको छ। चलचित्रको मुख्य पात्र ‘हरिबहादुर’ को भूमिकामा चर्चित कलाकार हरिवंश आचार्य छन्। यो पात्र नेपाली टेलिभिजनमा निकै सफल मानिन्छ। ट्रेलरले हरिबहादुरको जीवनका उतारचढाव र राजनीतिक परिवर्तनको खोजीमा रहेका युवा पुस्ताले भोग्ने परिस्थितिलाई देखाएको छ।

चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रको छायाङ्कन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले गरेका छन्।

वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत रहेको यस चलचित्रका गीतहरूलाई आशीष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंले गाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू