नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र दशैँको फूलपाती अर्थात् असोज १३ गते प्रदर्शनमा आउँदैछ। ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देखिएकी छन् भने अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक फरक भूमिकामा देखिएका छन्। चलचित्रले देशभक्ति र विद्रोहको भावनालाई प्रस्तुत गर्न खोजेको देखिन्छ। यसअघि नै चलचित्रको गीत ‘यो ज्यान बलिदान’ ले दर्शकमाझ लोकप्रियता कमाइसकेको छ। सन्तोष सेन निर्देशित यस चलचित्रमा समीर भट्ट, कविता राय, हेमन्त बुढाथोकी लगायतका कलाकारको पनि अभिनय रहेको छ। आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र बहुप्रतिक्षित चलचित्रको रूपमा हेरिएको छ।

ट्रेलरमा सौगात मल्लको संवाद “मलाई राक्षस बन्न बाध्य पारेको” र सौगात तथा समीर भट्टबीचको द्वन्द्व विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले कथाको गहिराइलाई झल्काउँछ। साथै, निर्देशक सन्तोष सेन स्वयं पनि आदिवासी पात्रका रूपमा देखिएका छन्। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यो चलचित्रले नेपाली दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू