काठमाडौं – नयाँ नेपाली चलचित्र ‘BAARU’ को गीत ‘जुनलाई देखिन’ सार्वजनिक भएको छ। यो गीत OSR Digital युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

गीतमा प्रशान्त शिवाकोटी र दिपिका बायम्बु मगरले स्वर दिएका छन् भने कोरसमा रुपी सिँजाली मगर र प्रेमा राना मगरको आवाज रहेको छ। गीतको सङ्गीत तथा शब्द बुद्ध्या मगरले तयार पारेका हुन् र यसलाई याम थापा मगरले एरेन्ज गरेका छन्। रेकर्डिङ राजेश स्था र मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्।

गीतको भिडियोमा दौना थापा मगर, देवी गर्बुजा थापा, रोसन राना मगर लगायतका कलाकारहरूले अभिनय गरेका छन्। नृत्य निर्देशन प्रशान्त मगरले गरेका हुन्।

TNF प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रकी निर्माता रश्मि काली थापा मगर हुन् भने निर्माण बुद्ध्या मगरले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू