काठमाडौं — दशैँको फूलपातीको अवसरमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको यस ट्रेलरमा फिल्मको कथावस्तु, पात्रहरू र परिवेशलाई स्पष्ट रूपमा देखाइएको छ।

फिल्म पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ। यसमा तामाङ समुदायको कथालाई मुख्य आधार मानिएको भए पनि, फिल्मको छायांकन भने म्याग्दी जिल्लाको ताकम क्षेत्रमा गरिएको छ।

फिल्ममा उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन्। साथै, प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे (माग्ने बुढा) र श्यामाश्री शेर्पा लगायतका कलाकारको पनि अभिनय रहेको छ।

मिलन तामाङले निर्देशन गरेको यो फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। रविन शेरचन र धीरज तामाङ निर्माता रहेको ‘माइतीघर’ आगामी असोज १३ गते, फूलपातीकै दिनदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू