काठमाडौं । नेपाल आइडल सिजन–४ को विजेता भुपेन्द्र थापा मगर घोषणा भएका छन् । आज भएको ग्रान्ड फिनालेमा आफ्ना अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि चुमेका हुन् । फष्टरनरअप नाम्गेल तामाङ भएका छन् भने, सेकेन्ड रनरअप रञ्जित नेपाली बनेका छन्। टाइटलसँगै भुपेन्द्रले नगद ३० लाख रुपैयाँ प्राप्त गरेका छन् ।