मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ स्थित डुम्रेकुना टोल विकास क्षेत्र भित्र सरसफाई अभियान सुरु गरेको छ । शनिबार ग्रामिण जागरण तथा विकास संस्था (राडो नेपाल )को आयोजना र सनराईज युथ क्लव डुम्रेकुनाको समन्वय तथा राली इन्टरनेश्नल नेपालको सहयोगमा सरसफाई अभियोन सुरु गरिएको हो ।

No description available.

“हरियाली प्रवद्र्धनको लागि युवा” नामक परियोजना अन्र्तगत टोल विकास क्षेत्र भित्र सरसफाई अभियान सुरु गरिएको सनराईज युथ क्लवका अध्यक्ष अशोक स्याङ्तानले बताए । जथाभावी फालिएको फोहोरलाई एक ठाँउमा जम्मा गरी टोललाई सफा राख्न सरसफाई गरिएको र फोहोरमैलाले जनमानसमा विभिन्न रोग निम्त्याउने भएकोले त्यसलाई मध्य नजर गर्दै आफु सतर्क रहेर फोहोरमैलालाई विस्थापन गरे स्वास्थ्यलाई नै फाईदा पुग्ने भएकाले टोलमा सरसफाई अभियान सुरु गरिएको स्याङ्तानले बताए ।

No description available.