शाहरूखका छोरा आर्यन ‘बाहुबली’ स्टार प्रभाससँग फिल्म खेल्ने

अनलाइन पत्र संवाददाता२०७६-०४-१२ No Comments

एजेन्सी । बलिउड स्टार शाहरूख खानका छोरा आर्यन खानले हालै रिलीज ‘द लायन किंग’मा आफ्नो आवाज दिए संगै ‘बाहुबली’ स्टार प्रभाससँग फिल्म खेल्ने खवर बाहिरिएको छ ।

प्रभास र राणा दग्गुबातीको साथमा उनले साउथ फिल्ममा अभिनय गर्ने भारतीय मिडियाले बताएको छ । भारतीय मीडिया रिपोर्ट अनुसार आर्यन खानले निर्देशक गुनेशकको माइथोलजिकल फिल्म’ हिरण्यकश्यप’बाट फिल्म इंडस्ट्रिमा कदम राख्न सक्छन् । उक्त फिल्ममा उनि प्रह्लादको भूमिकामा देखिनेछन् ।

सामाजिक संजालमा खासै सक्रीय नरहने आर्यन खानको शौख भने बलिउडमा जम्नेनै रहेको छ र उनलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्देशक निर्माताहरु लागि परेका छन् यसै बिच साउथ फिल्म ‘हिरण्यकश्यप’ मार्फत फिल्मी दुनियाँमा प्रवेष गर्दै छन् ।

Ad
Ad