बलिउड चलचित्र ‘भूत: द हन्टेड शीप’ को अफिसियल ट्रेलर’ सार्वजनिक भएको छ । अभिनेता विक्की कौशल र  भुमी पेडनेकरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । फेब्रुअरी २१ मा रिलिज हुने तयारीमा रहेको चलचित्रको ट्रेलरमा अभिनेता विक्कीलाई भूतले पिछा गरेको देख्न सकिन्छ ।

‘भूत’लाई हिरो यश जोहर, करण जोहर, अपूर्व मेहता र शशाङ्क खेतानले निर्माण गरेका हुन् ।