यस्तो बन्यो ‘बागी ३’ को ट्रेलर

अनलाइन पत्र संवाददाता२०७६-१०-२४ No Comments

टाइगर श्राफको हिट सिनेमा बागीको सिक्वेल ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा टाइगर एक्सन अवतारमा प्रस्तुत भएका छन्।

साजिद नाडियडवालाको निर्माण रहेको सिनेमामा टाइगरसँगै उनका पिता ज्याकी श्राफ पनि छन्। साथै फिल्ममा श्रद्धा कपुर , दिशा पटानीको पनि अभिनय रहेको छ। श्रद्धा बागी एकमा पनि थिइन् भने दुईमा दिशा पाटनी थिइन्। सिनेमालाई अहमद खानले निर्देशन गरेका हुन्।

‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता टाइगरलाई यसै सिरिजले बलिउडमा स्थापित गरेको थियो। उनले यसै सिरिज मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका छन्।

Chat Icon
Ad
Ad