Breaking
4 Dec 2024, Wed

आमाबुवा दुवैजना क्यान्सर रोगले अस्पतालको बेडमा लड्दा १७ बर्षिय छोरी पैसाको समस्याले भौतारिंदै गर्दै गर्दा आमाले संसार छोडिन्

आमा र बुवा क्यान्सर पीडित भएपछि एक जना िसन्धुलीका १७ वर्षकी बालिकाको पैसा नभएर भौतारिहेकी थिईन् । सहयोगको पैसा जम्म हुदैँ थियो तर अस्पतालमा आमाको सास राक्यो । ती बालिकाको अवस्था के भयो होला , आमाबुवाको काखमा लुटुपुटु गर्ने बेलामा आमाबुवाको जिवन बचाउन संघर्ष गरेकी विष्णुमाया लो को जिवनमा विहिवार नसोचेको वज्रपात भयो । उनले एक दिन अघि मात्र सामाजिक सञ्जालमा रुँदै आफ्नो आमाबुवालाई बचाईदिन अपिल गरेकी थिइन् । तर विहिवारको दिन भने उनको आमाले संसारलाई छोडेर गईन् ।

किशोरीले रुँदै सामाजिक सञ्जालमा सहयोगको याचना गरेपछि उनका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता भाग्य न्यौपाने मार्फत आर्थिक संकलन हुन सुरु भएको थियो । विष्णुमायाको बुवाको घाँटीको क्यान्सर भएको हो। सुरुमा उनको श्वर बसेको थियो । सेकाएपछि घाउ भयो ।फेरी उनको आमाको पनि घाँटीमै क्यान्सर भएको थियो । बुवाको भन्दा आमाको अवस्था नाजुक भएको थियो । छोरा १२ कक्षामा पढ्दै र आमाबुवाको उपचारको लागि रिक्सा चलाएर हिड्दै थियो भने छोरीले अस्पतालमा आमाबुवालाई रेखदेख गरिरहेकी थिईन् । अघिल्लो दिन विष्णुमायाको भिडियो हेरे पछि आर्थिक संकलन गरेर पैसा लिएर अर्को दिन अस्पताल जाँदा उनको आमाले संसार छोडिसकेकी थिइन् । विष्णुमाया आमाको वियोगमा डाँको छोडेर रोएकी थिइन् । उनलाई आर्थिक सहयोग गर्न भन्दै गएका भाग्यले विष्णुमायालाई सम्हाल्न पर्ने भयो । विष्णुमायालाई परेको पीडामा उनी सहभागी भए । सम्झाउन थाले । आमाले संसार छोडेपनि अब पनि उनको जिम्मेवारी पुरा भएको छैन । बुवालाई पनि निको बनाउनुपर्ने दायित्व छ भनेर उनले भने ।

उनी दुई वर्ष देखि नै अस्पतालमा बस्न थालेकी हुन् । सुरुमा बुवालाई उपचार गराउन अस्पतालमा बस्न थालेकी उनी फेरी आमालाई पनि रोग देखिएपछि अस्पताल बस्ने क्रम निरन्तर भयो । अस्पतालको एउटा बेडमा आमा र अर्को बेडमा बुवा १७ वर्षको किशोरीले त्यो अवस्थाको सामना गरिरहेकी थिइन् ।

Ad
Ad