सप्तरीमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ७२ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको सप्तरीका जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।