2025-11-09 12:35 pm

किन बढ्यो सुनको मूल्य ? बढ्नुको कारण के होला जन्नुहोस

साउन २९, २०७६ काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।  जानकारहरुका अनुसार सुनलाई सुरक्षित लगानीको रुपमा हेरिन्छ। व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य बृद्धि गरिरहेको समाचार कान्तिपुर दैनिकमा छ। सुनको मूल्य वृद्धि हुनमा चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैँकले घटाएको ब्याज, कमजोर शेयर बजार, सुस्त जर्मन अर्थतन्त्र, अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध र जम्मु कश्मीर विवाद रहेको बताइएको छ।

About the Author

Ad
Ad