साउन ३१, २०७६ हेटौंडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते भएका मध्ये १० जना सामान्य रहेको र ३ जनालाई भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। यस्तै २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ।

काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्कीदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही रामनगर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए।