Breaking
4 Dec 2024, Wed

लायन्स तथा लियो क्लवको संयुक्त रुपमा पदस्थापना

मकवानपुरका सम्पुर्ण लायन्स तथा लियो क्लवको आज संयुक्त रुपमा पदस्थापना गरिएको ५ । वर्ष २०१९/ २० को लागी निर्वाचित लायन्स तथा लियो क्लवको अध्यक्ष तथा पदाधिकारीहरुको संयुक्त रुपमा पदस्थापना गरिएको हो ।

कार्यक्रम प्रदेश घ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले लायन्स क्लवहरुले पनि सरकारको सुखी नेपाली समृ४ नेपालको नारालाई पुरा गर्न स३ाउ गर्नुपर्ने बताउनु भयो । उहाले लायन्स क्लवहरुले सधै सामाजिक कार्यमा तदारुकता देखाएको भन्दै अझ सक्रिय भएर विकास कार्यमा सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो । उहाले लायन्समा युवाहरु आव४ रहेको भन्दै खुशी पनि व्यक्त गर्नुभयो । कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेश्नल थ्री ६ु फाईब बी टु नेपालका गभर्नर अनुप पहरीले लायन्स सधै सामाजिक कार्यक्रम सक्रिय रहेको भन्दै आगामी दिनमा पनि सधै समाजको लागी काम गर्न लागीपर्ने बताउनु भयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा , मल्टिपल डिष्ट्रिक कोअर्डिनेटर रमेश अग्रवाल , लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ का एमजिएफ शम्भु नकर्मी , लियो जिल्ला परिषद् ३२५ बी ६ु का अध्यक्ष सरोज कडेंल , लायन्स क्लव अफ हेटौँडा भटनदेवीका पुर्व अध्यक्ष अंकिता सुमार्गी , उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी , संघका मकवानपुर अध्यक्ष कृष्ण कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

Ad
Ad