Comments Add Comment

सिमा भईन् मिसेस मकवानपुर २०१९

हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिनाले हात पारेकी छन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् ।


प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार, फष्ट रनरअपले नगद २० हजार र सेकेण्ड रनअपले नगद १५ हजार रुपैँयासहित अवार्ड प्राप्त गरेका थिए ।


प्रतियोगितामा भ्युअर च्वाईस अवार्ड सिमा तिमल्सिनाले जित्दै नगद १० हजार रुपैँया हात पारिन् । मिसेस ट्यालेन्ट रोजी विडारी, डिसिप्लिन नितु दाहाल, फोटो जेनिक सुनिता तामाङ मानन्धर, बेष्ट स्माईल जानुका कार्की सापकोटा, फ्रेण्ड्ली अवार्ड अमिता चौधरीले हात पारेकी छिन् ।
त्यस्तै, बेष्ट कन्फिडेन्ट सिमा तिमल्सिना, बेष्ट स्किन एलिना मानन्धर, बेष्ट डान्स माया घलान, बेष्ट हेयर सपना लामा, क्रियटिभ निलम पुलामी मगर, पपुलर संगिता जोशी डंगोल र बेष्ट पर्सनालिटीको अवार्ड अस्मिता पराजुलीले हात पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर