जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सुचना जारी गरि होली लगायतको पर्वको नाममा हुन सक्ने भिडभाड, सभा, जुलुस नगर्न नगराउन आह्वान गरेको छ । छिमेकी मुलुक भारतमा कोभिड संक्रमितको संख्या बढ्ेसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै होली घरमै बसेर मनाउँन आग्रह गरेको छ ।

प्रशासनले पछिल्लो दिनमा कोभिड संक्रमितको संख्या बढ्दो रहेको र यसवीचमा भारतसंगको खुल्ला सिमानाका कारण अवात जावत समेत बढ्दो रहेको जनाउदै आसन्न होली पर्व, नयाँ वर्ष लगायत जात्रा,मेला जस्ता अन्य पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउदै सकेसम्म भिडभाड र हुलहुज्जत नगरि घरमै सिमित गर्न समेत आह्वान गरेको छ। साथै मास्कको अनिवार्य प्रयोग गर्न समेत अनुरोध गरेको छ ।