यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुर प्रहरीले लागु औषधसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले लागु औषधसहित दुई जना पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ पिपल चौतारीस्थित सडकखण्डबाट लागुऔषध ओनेरएक्स १२ बोतलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा ४ बस्ने ३६ वर्षीय शिशिर राज जोशी र हेटौंडा ८ बस्ने २५ वर्षीय सुसान्त नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानप्रले जनाएको छ ।

Advertisement
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ८३२७ नंबरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी लुकाई छिपाई ल्याएको उक्त परिणामको लागुऔषध फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।