मकवानपुरको मकवानपुरगढी ३ मक्रान्चिुलीमा रहेको भानु माध्यमिक विद्यालयमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । शिक्षकले छात्रालाई दुरव्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । बिहिबार विद्यालय प्रशासनले एक सुचना प्रकाशित गर्दै पठन पाठन बन्द हुने जानकारी गराएको हो । बिदालयमा पढाउने वातावरण नभएको भनेर बिद्यालय प्रशासनको सूचनामा उल्लेख भएपनि शिक्षक पक्राउको घटनालाई लिएर बिद्यालय बन्द गरिएको छ ।

विद्यालयले जारी गरेको सुचना अनुसार छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परे सँगै यसै घटनासँग सम्बन्धित तथा असम्बन्धित पक्षहरू विद्यालयमा उपस्थिति भइ दैनिक पठनपाठनमा बाधा ब्यवधान पैदा भएकोले अनिश्चितकालीन पठन पाठन बन्द गर्नुपरेको जनाइएको छ । पक्राउ पर्नेमा शिक्षक किरण पाण्डे रहेका छन् ।उनलाई विद्यालयकी एक छात्रालाई अभद्र व्यवहार गरेको अभियोगमा पीडित छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।