Comments Add Comment

वार्षिकोत्सवमा विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण

राउण्ड टेवल नेपाल हेटौंडाले वार्षिक उत्सवको अवसरमा विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ स्थित खैरेनीमा रहेको आधारभुत प्राविमा पुगेर उक्त सामग्रीहरु वितरण गरेको हो । वडा नंम्बर ५ का वडाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता तथा राउण्ड टेवल नेपाल हेटौंडाका प्रतिनिधिहरुको सहभागितामा सामग्री वितरण गरेको छ ।

विद्यालयमा कक्षा नर्सरीदेखि ६ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री र खाजा खुवाएर संस्थाको वार्षिकोत्सव मनाईएको विद्यालयका शिक्षक अञ्जान चौलागाँईले बताए । संस्थाको वार्षिकोत्सवको अवसरमा विद्यालयलाई २ कोठे भवन समेत बनाईदिने प्रतिबद्धता व्यक्त गरेको विद्यालयको प्रधानाध्यापक प्रल्हाद घिमिरेले बताए । यसअघि पनि उक्त संस्थाले विद्यालयलाई पिउने खानेपानीको ट्याङ्की , भवनको जस्तापाता र रंगरोगन समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर