मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ रानिसेरामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ हेटौंडाको आयोजना तथा वडा नम्बर १ कार्यालयको समन्वयमा स्वास्थ्य शिविर हुन लागेको क्लबका अध्यक्ष माधव न्यौपानेले बताए ।

यही माघ ८ गते शनिवार वडा कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविर हुने न्यापानेले बताए । शिविरमा दन्त, जनरल तथा स्त्री रोगबारे परिक्षण गरिने भएको छ । पहिलो पटक गाउँमै निशुल्क शिविर सञ्चालन गर्न लागिएकोले वडाबासीहरु खुशी भएको वडाध्यक्ष आईत सिं लोले बताए ।