Comments Add Comment

हेटौंडामा आजबाट ब्रिज एजुकेशन संचालन

हेटौंडा ४ स्कुलरोडमा आजबाट ब्रिज एजुकेशन हेटौंडा नामक शैक्षिक परामर्श केन्द्र संचालनमा आएको छ । काठमाडौंको ब्रिज एजुकेशन फाउण्डेशनको शाखाको रुपमा संचालनमा ल्याइएको हो । ३ नम्बर प्रदेसको सामाजिक विकास मन्त्रालयबाट स्विकृत लिएर परामर्श केन्द्र संचालनमा ल्याइएको संचालकले बताए ।

बिभिन्न ल्याङवेज,आएल्स तथा उच्च शिक्षाको लागि विदेश जान चाहनेको लागि बिशेष तयारी कक्षा सुरु गर्ने योजना सहित एजुकेशन सेन्टर सुचारु गरेको संचालक अश्विन उप्रेतीले बताए । परामर्श केन्द्रमा युवा व्यवसायी उप्रेती र शिशिर विकको संयुक्त लगानी रहेको छ । संचालक अश्विन उप्रेतीका ठुलो वुबा कृष्ण प्रसाद उप्रेतीले रिवन काटेर आज शैक्षिक परामर्श केन्द्र उद्घाटन गरेका हुन । ओपनिङको बिशेष अफर अन्र्तगत साउन १५ गते सम्म फर्म भर्ने विद्यार्थी मध्यबाट ५ जनालाई निशुल्क आयल्स पढने व्यवस्था समेत रहेको जानकारी गराए ।

कार्यक्रममा संचालकहरुको अभिभाबक राममणी उप्रेती,जंग बहादुर विक,मकवानपुर उधोग वाणिज्य संघका प्रतिनिधी दिपक उप्रेती,ब्रिज एजुकेशन मुख्य कार्यालय काठमाण्डौंका प्रबन्ध निर्देशक प्रकाश पाठक लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर