बागमती प्रदेश सरकारले दुधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्त्ुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले किसानलाई दुधमा प्रतिलिटर २ रुपैँया दिने अनुदान कार्यक्रमलाई निरन्तरता बताईएको छ । उक्त रकम किसानको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था मिलाउने बताएका छन् ।