काठमाडौं – अभिनेत्री प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारतीयको मुख्य भूमिका रहेको हरर फ्यामिली ड्रामा ‘ममी’ को टिजर सार्वजनिक भएको छ। टिजरमा रहस्यमय कथा र परिवारभित्र हुने अनौठो घटनालाई प्रस्तुत गरिएको छ, जसले दर्शकलाई कौतूहलता जगाउने अपेक्षा गरिएको छ।

टिजरले परिवारको प्रिय कुकुरको मृत्युपछि घरमा कालो बिरालो पाल्ने निर्णयका कारण हुने रहस्यमय घटनाहरूलाई चित्रण गर्दछ। यसमा डर, थ्रिलर, र अनौठो परिस्थितिहरू समावेश छन्, जसले दर्शकलाई रहस्यमा तान्नेछ।

फिल्ममा प्रमुख भूमिकामा प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ, जसका लागि यो दोस्रो हरर फिल्म हो। यसअघि उनले ‘चि मुसी चि’ मा अभिनय गरेकी थिइन्। अन्य कलाकारमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ र गीत विष्टसमेत छन्।

निर्देशन समर निरौलाले गरेका छन्, जसका लागि यो पहिलो फिचर फिल्म हो। पटकथा समर निरौला र पूर्णिमा जोशीले संयुक्त रूपमा तयार पारेका हुन्।

फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले गरेका छन् भने सम्पादन सुरेन महर्जनले गरेका छन्। संगीतकारमा एसडी योगी छन् भने पाश्र्वध्वनिमा रोहित शाक्यको योगदान रहेको छ।

फिल्मलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका हुन्। काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन्। ‘ममी’ आगामी २५ माघ २०८० मा प्रदर्शन हुने तय भएको छ।

हरर र थ्रिलरको फ्युजनसहित पारिवारिक कथामा आधारित यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू