परिणीतिको खुलासाः व्वाईफ्रेण्डले धोका दिएपछि म चक्नाचुर भएँ

अनलाइन पत्र संवाददाता२०७६-०४-१७ No Comments

लगातार ३ हिट सिनेमा दिएर बलिउडमा सुखद सुरूवात गरेकी अभिनेत्री परिणीति चोपडाको करियर त्यसपछि भने धर्मरायो।

पछिल्लो पटक ‘केशरी’ले उनलाई फेरि सफलता चखाएको छ। यस्तोमा उनी अभिनित रोमान्टिक कमेडी सिनेमा ‘जबरिया जोडी’ रिलिजका क्रममा रहेको छ।

यसै सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेकी चोपडाले व्वाईफ्रेण्डले धोका दिदां आफू भित्रैबाट चक्नाचुर भएको खुलासा गरेकी छन्।

उनले प्रेमीसँग बिछोडिएपछि आफ्नो जीन्दगी नै गडबड भएको बताइन्।

कुराकानीमा उनले आफ्ना प्रेमीको परिचय नखुलाएपनि विछोडपछि आफूले भोगेका कुरा खोलिन्। यसअघि उनी आफ्ना प्रेमका बारेमा यसरी खुलेकी थिइनन्।

उनको नाम बलिउडमा सहायक निर्देशन गर्दै आएका चरित देसाईसँग जोडिदैं आएको थियो।

तर ३० वर्षे परिणीतिले यसलाई स्वीकार गरेकी छैनन्।

उनले यसलाई सँधै हल्ला भनेर नकार्ने गरेकी छिन्। निजि जीवनका बारेमा सार्वजनिक नगर्ने परिणीति यसरी आफ्नो व्यक्तिगत जीवनमा खुलेको भने यो पहिलो पटक हो।

उनले सम्बन्ध टुटेपछि मिलेको दुःख पीडाका बारेमा यसपटक भने खुलेर कुरा गरिन्।

Related image

प्रेम विछोड हुनुलाई परिणीति आफ्नो जीवनको सबैभन्दा कठिन क्षण मान्छिन्।

‘त्यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो समय थियो। मेरो मन पूरै टुटेको थियो। मलाई म यो दुनियाँमा एक्लै छु जस्तो लाग्थ्यो। मलाई कसैले नकारेको यो पहिलोपटक थियो। मेरो जीवनमा यसअघि पहिले कहिले यस्तो भएको थिएन’, उनले भनिन्।

यस दुःखबाट निश्किन उनलाई कठिन भएको उनले बताइन्।

यसक्रममा परिवारको ठूलो साथ मिलेको उनले भनिन्। यस क्रममा उनलाई परिवारको सबैभन्दा बढि आवश्यक्ता महसुस भयो।

Image result for parineeti-chopra



त्यस्तै उनले प्रेम विछोडले उनलाई जसरी टुटायो त्यसरी नै थप बलियो र परिपक्व पनि बनाएको उनको भनाइ छ।

‘म भगवानप्रति कृतज्ञ छु। उनले मलाई जीवनको यो क्षण चाँडै देखाइदिए। यो विछोडबाट मैले धेरै कुरा सिकें’, उनले भनिन्।

अन्तरवार्ताका क्रममा उनलाई ती व्यक्ति को थिए भनेर सोधिएको थियो।

Related image

त्यसको जवाफमा उनले आफ्ना प्रेमीको नाम लिइनन्। चरितको नाम दिदां उनले यस्तो जवाफ दिइन्।

‘न म तापईंको कुरा अस्वीकार गर्छु न स्वीकार गर्छु। म यसलाई रहस्यकै रूपमा छाड्न चाहन्छु’, उनले भनिन्।

उनी अभिनित ‘जबरियां जोडी’ अगस्ट ९ मा रिलिज हुँदैछ भने उनी छिट्टै भारतकी राष्ट्रिय ब्याडमिन्टन खेलाडी सानिया नेहवालको वायोपिक सिनेमामा देखिनेछिन्।

Ad
Ad