Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’मा सनिशले गीत गाउने

पुजा शर्मा र पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु २’को छायांकन भईरहेको छ । यो फिल्मको एक गीतमा ‘द भ्वाइस अफ नेपाल’को दोस्रो सिजनको प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् ।

ब्ल्याल्ड अडिसनमा फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको गीत गाएर चर्चामा आएका सनिश कोच राजु लामाको टिममा छन् । अर्जुन पोखरेलले संगीत भर्ने गीतमा सनिशको आवाज रहनेछ । निर्माण टिमले सनिशसँग औपचारिक सम्झौता गरेका छन् । ‘म यस्तो गीत गाउँछु २’को छायांकन ‘दि भ्वाइस अफ नेपाल’को स्टूडियोमा भईरहेको छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । सांगीतिक प्रेमकथाको फिल्म फागुन २३ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर