Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘सेन्टी भाइरस’को गीत ‘आफ्नो पार्टी’ सार्वजनिक(भिडियो)

Company Register

हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘आफ्नो पार्टी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रमोद खरेल, विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।  भने सुशान्त गौतमको शब्द रहेको गीतमा हर्क साउदको सङ्गीत रहेको छ । भिडियोमा विल्सन विक्रम राई, कुन्जना घिमिरे, सन्दिप छेत्री, पुष्प आचार्य, मधुसूदन पाठक, सन्जु शाह, अलिश राई लगायत फिचर्ड छन् । गीत चितवनमा निर्माणाधिन  ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको थियो । राजनैतिक प्रतिस्पर्धा र चुनावको माहौल दर्साउने गीतमा आफ्नो पार्टी जिताउन नेताहरुले गर्ने कामको व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई अलिश राईले कोरियोग्राफी गरेका हुन् भने दीपक आचार्यले निर्देशन गरेका हुन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- cinepati
Website Designe 1024×117
Loading...