गतबर्ष अर्थात् २०७६ को प्रतिक्षित सिनेमा प्रेम गीत ३’ अब आउने दशैँमा रिलिज हुन सक्ने निर्माण पक्षले जनाएको छ। गतचैत्र २८ मा सार्वजनिक प्रदर्शनको तरखरमा रहेको यो सिनेमा कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन।

अब यो सिनेमा यस वर्षको दशैँमा या १० महिना पछि अर्थात यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज गर्ने गरी निर्माण टिम जुटेका छन्। निर्माता निर्देशक सन्तोष सेनले भदौबाट अवस्था सामान्य भएको खण्डमा दशैँमा ‘प्रेम गीत ३’ सिनेमा प्रदर्शनमा ल्याउने बताए।

अवस्था सहज नभएको खण्डमा आगामी चैत्रमा रिलिज गर्ने सोच रहेको निर्माता तथा निर्देशक सेनले हामीसंगको कुराकानीमा बताए।‘सिनेमाको एक महिना जतिको पोष्टप्रोडक्सन काम छ। अब केही दिनमा काम सुरु हुन्छ गर्छौँ’ सेनले भने, ‘सिनेमा रिलिज अगामी दशैँमा या चैत्रमा गर्ने योजना छ ।’

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको सिनेमामा सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको छ।

आशुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको सिनेमामा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ।