यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
विनीत श्रेष्ठको आवाजमा ‘केही बोलन’ सार्वजनिक (भिडियो)


गायक विनीत श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘केही बोलन’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

Advertisement
गीतमा गायक श्रेष्ठकै शब्द तथा सङ्गीत रहेको छ । गीतलाई कोविद बज्रले एरेन्ज गरेका हुन् । आफ्ना भावनालाई मनमा नै नलुकाई केही बोल्न अनुरोध गरिएको गीतमा किरण नेपालीको मिठो सारङ्गीको धुन सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा कृष्टी पौडेल फिचर्ड छिन् । दीपेन्द्र ठकुरीले कोरोयोग्राफी गरेको म्युजिक भिडियोलाई बाबु श्रेष्ठले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन् । गीत हाइलाईट्स नेपालको युट्युब च्यानलमा उपलब्ध छ ।