यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
‘मुटु जोडौला’ बोलको म्युजिक भिडियो सार्वजनिक


पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका हास्यकलाकार सागर लम्साल उर्फ बलेको नयाँ भिडियो सार्वजनिक भएको छ। नायिका निता ढुङ्गानासँग उनको ‘मुटु जोडौला’ बोलको भिडियो सार्वजनिक भएको हो । यो गीतलाई ‘कहिले माया देखायौ २’ पनि भनिएको छ । सम्राट चौलाई र एलिना चौहानको आवाज रहेको सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । यसअघि सम्राट र एलिनाले ‘कहिले माया देखायौ’ ल्याएका थिए । जुन गीतले निकै चर्चा पाएको थियो । सार्वजनिक गीतमा संगीत गायक चौलाई स्वयमले भरेका छन् । गीतको भिडियोलाई भने सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको कोरियोग्राफ़ी निर्देशक बसेलले गरेका हुन् । भिडियोको सम्पादन र कलर भर्ने काम बिर बहादुर थारुले गरेका छन् ।

Advertisement