चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि सिनेमा फ्लोरमा गएको हो ।टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् ।
चलचित्रमा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ । मुर्हुतमा यी दुई अनुभवी कलाकारले पहिलो सट दिए ।राजधानी र चितवनमा झन्डै ३५ दिन छायाँकन हुने सिनेमामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यल गायतका कलाकारको पनि अभिनय रहनेछ । भने, यहिँ सिनेमाबाट विनायक कुइकेल र अनुष्का अधिकारीले डेब्यु गर्नेछन् ।
छायाँकन सुरु गरेसँगै निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति पनि तय गरेको छ । २०७७ सालको बैशाख १२ गते सिनेमा प्रदर्शन गरिने कलाकार पन्तले जानकारी दिए ।
पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । सिनेमाको सह-निर्मातामा अशोक घिमिरे छन् ।