हजार जुनीसम्म’ को एक गीतमा आर्यन सिग्देलसँग दिपाश्री निरौलाको आइटम

Company Register

’हजार जुनीसम्म’ को एक गीतमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिनेछिन् । गीतमा दीपासंगै नायक आर्यन सिग्देल र कलाकार शिवहरी पौडेललाई देख्न पाइनेछ । आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ । जसमा यी दुई डान्स गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि छन् । विकासराज आचार्य कृत फिल्म आउँदो भाद्र ६ गतेदेखि प्रदर्शन हुँदैछ ।

Advertisement

तिन फिल्म ब्याक टू ब्याक ब्लकबस्टर दिएकी निर्देशक दिपाश्रीलाई दर्शकले आइटम नृत्य गर्दै गरेको देख्ने भएका छन् । गीतमा दीपाले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् । यो गीतमा उनको नाम ‘शर्मिला’ राखिएको छ । गीतमा नायिका स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई यो भिडियोमा देख्न सकिनेछ । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् ।

ya thau khali xa

‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर छ । शब्द एकनारायण भण्डारीको छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराज आचार्यको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा संचिता लुइँटेल , अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।


अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...