Comments Add Comment

 ‘निष्ठुरी’ बोलको म्युजिक भिडियो  सार्वजनिक ( भिडियो )

काठमाडौं –  हाल स्पेनको बार्सिलोना बसोबास गर्दै आएका  गीतकार एवम संगीतकार डेकेन्द्र श्रेष्ठको शब्द संगीतमा रहेको ‘निष्ठुरी’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सुन्न सकिन्छ। सरोज बिस्टले गीतलाई संगीत संयोजन गरेका हुन्। सेण्टिमेण्टल भर्सनको गीतको भिडियोमा मुकुन्द भट्ट, दिपिका थापा बिचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ।

भिडियोमा शिव सेन्चुरीको समेत अभिनय रहेको छ। हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।  सुदिप श्रेष्ठ सह-निर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो।  भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्शन’ मार्फत सावजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै