मकवानपुरको सेलो गायक धिरेन लामा र गायिका सुजना रुम्बाको स्वरमा नयाँ तामाङ सेलो गीत सार्वजनिक भएको छ । “रुम्बा आपाला ङा जामे” भन्ने बोलको तामाङ सेलो गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द गायक लामाकै रहेको छ भने मकवानपुरे चर्चित सेलो गायक तथा संगितकार प्रकाश तामाङ तितुङले संगित भरेको छ । आइतबार जिग्मे मिडिया युट्युव च्यानलबाट गीत सार्वजनिक भएको छ । अहिले गीतको अडियो मात्र सार्वजनिक गरेको हो अब छिट्टै गीतको म्युजिक भिडियो पनि ल्याउने गायक तथा संगितकार तितुङले अनलाईपत्र लाई भने । गीतको एरेञ्ज चन्द सिंहले गरेको छ भने मिक्सिङ दिका गुरुङले गरेको छ ।