वडा अध्यक्ष चौलागाईद्वारा अशक्त महिलालाई ह्वील चियर हस्तान्तरण

अनलाइन पत्र संवाददाता२०७६-०३-२२ No Comments

 हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईद्वारा एक अशक्त महिलालाई ह्वील चियर हस्तान्तरण गरेका छन् । चौलागाईले हेटौँडा–६ रामनगरकी ५८ बर्षीया गुणमाया खड्कालाई ह्वील चियर हस्तान्तरण गरेका हुन् ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यबाट प्राप्त ह्वील चियर आवश्यकताको पहिचान गरी खड्कालाई हस्तान्तरण गरेको उनले बताए । १४ बर्षदेखि पक्षघातका कारण हिडडुल गर्न समेत समस्या रहेको अवस्थामा ह्वील चियर सहयोग हुँदा सहज हुने छोरा रत्न खड्काले बताए ।

शारिरीक अशक्तताका कारण घरमा एकजनाले कुरेरै बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad