‘कबड्डी, कबड्डी, कबड्डी’को टिजरमा दयाहाङको अपरम्पार प्रेम

अनलाइन पत्र संवाददाता२०७६-०३-२२ No Comments

फिल्म ‘कबड्डी, कबड्डी, कबड्डी’को टिजर सार्वजनिक भएको छ।

१ मिनेट ३० सेकेन्ड लामो टिजरमा दयाहाङ राईको अपरम्पार प्रेम प्रस्तुत गरिएको छ। टिजरमा राईसँगै कमलमणी नेपाल र उपासना सिंह ठकुरी हाइलाइटमा छन्।

फिल्ममा अन्य कलाकारहरु कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराललगायतको अभिनय छ।

बाँसुरी फिल्मस् र सिनेमा आर्टको ब्यानरमा निर्माणाधिन फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्य छ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

फिल्म भदौ १३ बाट प्रदर्शनमा आउने छ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad