हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका युवा गायक सुशिल थिङको ‘हामी देउसी भाइ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुशिलको यो दोस्रो गीत हो । गीतमा गायक थिङकै शब्द, संगीत र आवाज रहेको छ । गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोलाई ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा निरु थिङ, सचिन वाईबा, राधिका स्याङ्तान, आईतेसिंह लोप्चन लगायतका कलाकारहरुले अभिनय गरेका छन् । प्रकाश तामाङको कोरियोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई कलाकार तथा ओपेरा ईन्फोटेन्मेन्टका निर्देशक विक्रम लुङ्वाले छायाँकन तथा सम्पादन गरेका हुन् । क्यामेरामा धन पाख्रिनले सहयोग गरेका छन् । गीतको म्युजिक भिडियोलाई पदमपोखरीकै गायक तथा तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामाले निर्देशन गरेका छन् ।