आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले मकवानपुरगढीमा विदुर हुमागाँई सर्वसम्मत चयन गरेका छन् । आईतबार बसेको गाउँपालिका कमिटीको बैठकले हुमागाँईलाई अध्यक्षमा सिफारिस गरेको हो । हुमागाँई वर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका छन् । हुमागाँई २०७४ को निर्वाचनमा एमालेबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएको थियो । त्यस्तै बैठकले उपाध्यक्षमा सन्तु थिङलाई सिफारिस गरेको छ ।