हेटौंडामा विभिन्न पार्टी परित्याग गरी सात सय जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । आईतबार हेटौंडामा पार्टीको आमसभाको अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमाले सहित विभिन्न पार्टी परित्याग गर्दै सात सयजना प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा शिक्षाविद् रघुनाथ खराल , कांग्रेस नेता गोकुल परियार,धुर्व , देबकोटा, युवराज भ्लोन, विजय मोक्तान लगाएत रहेका थिए । प्रवेश गर्नेहरुमा दर्जन बढि राप्रपा नेपालका कार्यकर्ता समेत रहेका थिए ।