मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आईतबार साझँ परेको चट्याङले राक्सिराङ गाउँपालिका वडा नम्बर १ सानोभावर,गडुवान निवासी ४२ बर्षीय सुकुमाया मोक्तानको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घरमा बसिरहेकी उनी एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएकि थिइन।उनको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ।