Comments Add Comment

मकवानपुरको खोप्लाङमा पहिलो पटक भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने

मकवानपुरको भीमफेदी गाउँपालिका–१ खोप्लाङमा पहिलो पटक महोत्सव हुने भएको छ । ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही मंसिर २९ गतेबाट पुस १० गतेसम्म खोप्लाङमा भीमफेदी–हेटौँडा–सामरी महोत्सव हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महोत्सवको विषयमा जानकारी दिएका छन् ।

प्रालिका अध्यक्ष अजित राईले हेटौँडा बजार क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने योजना अनुसार आफुहरुले महोत्सवको तयारी गरेको बताए । भीमफेदी–हेटौँडाकोका पर्यटक प्रर्वद्धन, कला साहित्यको प्रचार सहित ब्यपार ब्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए ।

करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् । मेलामा सहभागीले १ सय रुपैँयाको टिकट काटनुपर्नेछ । मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगाएका स्टलहरु रहने आयोजकले बताए ।

पत्रकार सम्मेलनमा भीमफेदी –१ का वडाध्यक्ष सोमबहादुर स्याङतान , जिल्ला खेलकुद विकास समिति मकवानपुरका पुर्व अध्यक्ष सानु लामा, युवा समाजसेवी सुनिल लोप्चन लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर