Comments Add Comment

हेटौंडामा हजारौँ दर्शकको साथमा सातौं पटक नेपथ्यको प्रस्तुति

नेपालको चर्चित नेपथ्य ब्याण्डले हेटौंडामा बिहिबार सातौं पटक सांगितिक प्रस्तुति प्रदर्सन गरेको छ । हेटौँडा– ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि साँगितिक यात्रा प्रस्तुति गरेको हो । मानवसेवा आश्रम हेटौंडाको सहयोगको लागि बिहिबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्याण्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौंडेली दर्शकले मनोरञ्जन लिएका छन् ।

May be an image of 1 person, playing a musical instrument and standing

यसअघि हेटौंडामा छैटौं पटक ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत सन् २०१२ मा हेटौंडामा प्रस्तुत गरेको थियो । दुइपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ । मानवता प्रवर्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सागितिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक–पप गीतहरु प्रस्तुत गरेका थिए ।

May be an image of one or more people, people standing, crowd and text that says '金生 मानवसेवा आश्रम'

संगीतका साथसाथै मानवता प्रबर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० शहरमा गर्न लागेको सागितिक कार्यक्रम मकवानपुरको हेटौंडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ । हेटौंडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

May be an image of one or more people, people standing and crowd

मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै