हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको सभाध्यक्षता तथा हेटौंडा(७ का वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालयका निमित्त प्रमुख वशन्तराज गौतमको विशेष आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

३२ औ वार्षिक साधारण सभामा समुहकी सचीव शान्ती तिमल्सिनाले समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन र कोषाध्यक्ष विजय गौतमले समुहको आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०७९–८० का लागि १० लाख ७१ हजार बराबरको प्रस्तावित आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाअध्यक्ष गौतमले सामुदायिक वनले गरेको कार्यप्रति प्रशंसा गर्दैअब सामुदायिक बन समूह बन संरक्षण गर्नेमात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै विशेष अतिथी डिभिजन वन कार्यालय मकवानपुरका निमित्त प्रमुख वशन्तराज गौतमले समुदायका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको प्रति खुशी व्यक्त गर्दै सामुदायिक वनलाई उद्यम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने बताए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, अस्मिता नेपाल मकवानपुरकी आरती पाठक,सव डिभिजन वन कार्यालय रातोमाटेका प्रमुख रामचन्द्र श्रेष्ठ, रानी सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष केशव धिताल, पशुपति मन्दिर संरक्षण समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वन समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी उपाध्याय श्यामप्रसाद भट्टराई, संगालो टोल विकास संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराई,महालक्ष्मी कृषि सहकारी संस्थाका अध्यक्ष दिलीप घिमिरे, वन समूहका सल्लाहकार बद्री पाठक, परशुराम थापा लगायतको उपस्थिती रहेको थियो। ७१ दशमलव १२ हेक्टर क्षेत्रमा फैलिएको वन समुहमा कुल २ सय ७७ सदस्य घरधुरी रहेको समूहका कोषाध्यक्ष विजय गौतमले बताएका छन्।