मकवानपुरमा आज बुधबार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा ३३७ जनाको कोरोना परीक्षणमा २४६ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमितको संख्या १६ हजार ५५३ पुगेको छ। त्यसैगरी आज ६ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।