मकवानपुर प्रहरीले मनहरीबाट ४ किलो लागुऔषध गाँजा सहित १ जना पक्राउ गरेको छ । सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्बर –९ बस्ने ४९ वर्षिय राम बहादुर घलानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लुकाईछिपाई ल्याएको ४ किलो लागुऔषध गाँजासहित घलानलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।