प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले हात पारेको छ । आज सम्पन्न फाईनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङ गरेको एपीएफले १९.५ ओभरमा १५७ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको पुलिस भने ७ विकेटको क्षेतीमा १३६ रन मात्र बनाए ।